काठमाडौं । नायिका झरना थापा नायिका भन्दा पनि निर्देशकीय हिसाबले यतिबेला खुशी छिन् । डेब्यु निर्देशन ‘ए मेरो हजुर २’ ले राम्रो प्रशंशा र चर्चासँगै आम्दानी पनि गरे लगत्तै उनी छोरी सुहाना थापालाई उच्च अध्ययनका लागि भन्दै छोरीलाई लिएर अमेरिका हानिइन् ।

अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रममा सहभागी भएकी झरनाले जीवन लुइँटेल, राजबल्लभ कोइराला, दिलीप रायमाझी, गायक दिपक लिम्बु, अमृत लामा, रतन सुवेदी, कृष्ण सिवाकोटी, फोटोग्राफर राजीव श्रेष्ठलगायतसँग भेटघाट हुँदा पनि उनको फिल्मको धेरैले खुलेर तारिफ गर्दै फेरी बधाई तथा शुभकामना दिए ।

अमेरिकाको ग्रिनकार्डधारी सबै दर्शक तथा कलाकारबाट राम्रो प्रशंसा पाएकी उनी खुशीले दंग परेकी छिन् । सबै नेपाली चलचित्र अभिनय छाडेर अमेरिका पलायन भएकाहरुले आँफुलाई धाप मार्दा खिचेका तस्विरहरु झरनाले सामाजिक संजालमा पोष्ट गरे लगत्तै फेरी उनलाई शुभकामना र राम्रो भन्नेहरुका कमेन्टको बाढी नै चलेको छ ।

तपाईको प्रतिक्रिया