एजेन्सी । बहुचर्चित बनेको चलचित्र ‘बाहुबली’का विभिन्न सेटहरु दर्शक तथा सर्वसाधारण र पर्यटकहरुका लागी खुला गरिएको छ । ३५ करोडको लागतमा बनाइएको माहिष्मतीको यो सेटमा अब आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी खुला गरिएको रामोजी फिल्म सिटीले जनाएको छ ।

दिपावलीमा घुम्न चाहाने पर्यटकहरुको अनुरोध पछि फिल्म सिटीले यस्तो निर्णय लिइएको रामोजी फिल्म सिटी उपाध्यक्ष एवी राव भारतीय मिडियाका सामु बताएका छन् ।

संसारको सबैभन्दा ठूलो फिल्म सिटी रामोजीमा ‘बाहुबली’, ‘चेन्नई एक्सप्रेस’, ‘द डर्टी पिक्चर’ लगायतका चर्चित फिल्म शुटिङ गरिएका छन् । यो फिल्मसिटीमा ५०० भन्दा बढी लोकेशन छन् । बर्षमा करिब २ सय फिल्मको सुटिङ त्यहाँ हुने गरेको छ ।

तपाईको प्रतिक्रिया