काठमाडौँ । के केबल कारको बाहिर पट्टी झुण्डिएर यात्रा गर्न सम्भव छ ? मनोकामना केबल कारमा एक बृद्धले झुण्डिएर यात्रा गरेको भन्दै एक तस्विर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । फोटो सपबाट समेत डिजाइन नगरिएको यो तस्विर कस्ले र कहिले खिचेको हो भन्ने विषय अहिलेसम्म खुलेको छैन । यो अनौठो यात्रा र रोचक तस्विरका विषयमा अहिलेसम्म मनोकामना दर्शन प्रा।लीले आफ्ना तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया