काठमाडौं- केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। शुशिल भट्टराईले आजको नागरिक दैनिकमा समाचार लेखेका छन्।

क्षमताभन्दा दोब्बर उडान अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ। नियमित उडान तालिकाअनुसार गन्तव्यमा जानुपर्ने विमानको चाप विमानस्थलले व्यवस्थापन गर्ननसक्दा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।

विमानस्थलका अनुसार दैनिक अधिकतम् ३ समयमसम्म उडान अवतरण क्षमता विमानस्थलको छ तर केही दिनअघि ५ सयभन्दा बढी उडान अवतरण हुन पुगेको थियो जसलाई व्यवस्थापन गनृए हम्मेहम्मे भएको छ। ६ वर्षअघि एकैदिन ४ सय ४६ उडान अवतरण भएको विमानस्थलसँग रेकर्ड छ।

त्यस्तै खरब मौसमको कारण पनि उडान तथा अवतरण ढिला हुने जसको कारण यात्रुले दुःख पाउने गरेका छन्।

तपाईको प्रतिक्रिया