नेपालगन्ज २९ असोज । बाँकेमा च्याउ खेतीको सिजन सुरु भएको छ । जाडो सिजनमा च्याउ उत्पादन राम्रो हुने भएकोले किसानहरु च्याउ खेतीतर्फ केन्द्रित भएका छन् । बाँकेको जानकी, खजुरा, बैजनाथ, राप्तीसोनारी लगायतका गाउँपालिकामा किसानहरु यो मौसममा व्यवसायिक रुपमै च्याउ खेती गर्ने गर्छन् ।

जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार बाँकेमा १ करोड सम्म लगानी गरि च्याउ खेती गर्ने किसानहरु रहेका छन् । करिब ८ लाखको लगानी गरि च्याउ खेती गरिरहेका जानकी गाउँपालिकाका किसान सुरेन्द्र खड्काले अरु सिजनमा पनि खेती गर्ने गरेको भएपनि यो सिजनमा ठूलो आकारमा च्याउ खेती गर्न लागेको बताए ।

विधि पु¥याएर च्याउ खेती गरे उल्लेख्य आम्दानी गर्न सकिने भएकोले पछिल्लो समय च्याउ खेती प्रति किसानको आकर्षण बढेको छ । विधि पु¥याएमा १ हजार रुपैंयाको बिउबाट करिब ५ हजारसम्म आम्दानी लिन सकिन्छ । किसानले उत्पादन गरेको च्याउ नेपालगन्ज र कोहलपुरमा खपत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया