नेपालगन्ज २९ असोज । राष्ट्रिय निर्बाचन पर्यबेक्षण समिति (नियोक) जिल्ला समिति बाँकेको सभापतीमा नमस्कार शाह सर्बसम्मत चयन भएका छन् । आज सम्पन्न जिल्ला भेलाबाट शाहलाई सभापती चयन भएक हुन् । पुर्नगठित जिल्ला समितिको उपसभापतीमा नेत्रकला शाही र डोल बहादुर भण्डारी चयन भएका छन् भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हेमराज भट्ट, मकबुल अहमद मुकेरी र कृष्ण बहादुर बि.क. निर्बिरोध चयन भएका छन् । सदस्यहरुमा क्रमशः सीता बोहरा, देबिदत्त आचार्य, रबिन्द्र कर्ण, गिता आचार्य, शंकर शर्मा, गगन थापा, लक्ष्मी तिवारी र प्रभाकर भट्राई सर्बसम्मत चयन भएका छन् । निबर्तमान सभापती लोक बहादुर शाहलाई सल्लाहकारको रुपमा चयन गरिएकोछ । लामो समय देखि निर्बाचन पर्यबेक्षणमा सक्रिय नियोकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन पर्यबेक्षणको तयारी शुरु गरेकोछ । पुर्नगठित समितिलाई बधाई दिँदै निबर्तमान सभापती लोक बहादुर शाहले नेतृत्व हस्तान्तरणबाट संस्था दिगो हुने बताए । उनले नियोकले निष्पक्ष निर्बाचनका लागि पर्यबेक्षण गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया