काठमाडौं । बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबिच हुने भनिएको एकता अन्तिम समयमा भाँडिएको छ । एकताका लागि आइतबार दिनभरजसो दुईदलका नेताबिच छलफल भए पनि नेपाल लोकतान्त्रिक फोरमका नेताहरुबिच छलफल भएपनि काँग्रेसले छलफलका लागी समय नपुगेको बताएपछि नेपाल लोकतान्त्रिक फोरमले छुट्टै समानुपातिक उम्मेदवारको सूचि बुझाएको छ ।

फोरम लोकतान्त्रिकले प्रतिनिधिसभा र सात वटै प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको सूचि आयोगमा बुझाएको छ ।

लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले आफूहरुले चुनावमा कम्तिमा १२ सिट पाउनु पर्ने माग गरेका भए पनि कांग्रेसले सहमति नजनाएकाले एकता हुन नसकेको क्लासिक खबरलाई जानकारी दिए ।

२०२६ सालदेखि कांग्रेसबाट राजनीतिक जीवन सुरु गरेका गच्छदारले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूसमर्थकलाई टिकट नदिएको भन्दै २०६३ सालमा कांग्रेस त्यागेमन थिए ।

तपाईको प्रतिक्रिया