काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस प्रकरणमा बालाजु वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारी सहित असई चन्द्रसिंह भाटलाई नियन्त्रणमा लिएको छ ।

भाटले अख्तियारसँगको बयानमा डीएसपी भण्डारीको संलग्नता खुलाएपछि अख्तियारले डीएसपी भण्डारीलाई नियन्त्रणमा लिएर पक्राउ पुर्जी थमाउने तयारी गरे स्रोतको भनाई रहेको छ ।

अख्तियार स्रोतका अनुसार भण्डारीलाई पक्राउ पुर्जी बिना पक्राउ परे पनी उनले घुस लिएका प्रसस्त आधारहरु देखिएका छन् ।

तपाईको प्रतिक्रिया