भक्तपुर, २९ असोज – चाँगुनारायण नगरपालिका– ८ नगरकोटस्थित बाल वन जंगलमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४५ वर्षको मंगोल अनुहार भएको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका निमित्त प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

जंगलमा हत्या गरेर शव भुण्ड्याइएको हो वा आत्महत्या हो भन्नेबारेमा यकिन भएको छैन । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

तपाईको प्रतिक्रिया