गौशाला, २९ असोज- दीपावलीमा माटोेको दियो बाल्ने चलनलाई आधुनिक मिलिक मिलिक बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ ।

यमपञ्चकको पहिलो रातदेखि माटोले बनाइएको (पाला) दियोको झिलिमिली बत्तीको सट्टा गाउँ शहरमा अहिले आधुनिक बिजुलीे बत्ती मात्र देखिन्छ ।दियो बाल्दा महँगो हुनुका साथै झन्झटिले पनि भएकाले दीपावलीमा जलेश्वर मनरा, पिपरा, गौशाला मटिहानी बर्दिवास सम्सी लगायतका क्षेत्र अहिले झिलमिलीको सट्टा मिलिकमिलिक हुन थालेको छ ।औद्योगिक र व्यापारिक क्षेत्रमा यसको रौनक अझ बढी रहेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृपाशंकर साहको भनाइ छ ।

प्रत्येक वर्ष दीपावली र छठ पर्वको समयमा रू ५० लाखभन्दा बढीको मिलिकमिलिक बत्तीको कारोबार हुने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ । दियो बाल्न छाडेर मिलिकमिलिक बत्ती बाल्न थालेको निकै वर्ष भइसकेकाले यसपालिको दीपावलीका लागि करिब रू डेढ लाखको मिलिकमिलिक बत्ती र सजावटका सामान खरिद गरेको युवा व्यवसायी विनोद मण्डल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया