काठमाडौं । डाक्कटर पढ्ने बिद्यार्थी खुरुखुरु लेखेर पास गर्ने खालका हुन्छन् । भोलीका डाक्टर भएका कारणले नै उनीहरुले नराम्रा काम गर्दैनन् भन्ने तपाई हाम्रो आम धारण अब फेल हुने भएको छ कारण हो हालै एमबीबीएसको प्रवेश परीक्षामा चिट चोर्ने थप १९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले कमलपोखरी, स्वयम्भ, चावहिल लगायतका परीक्षा केन्द्रबाट पक्राउ गरेका ति बिद्यार्थीले वायरलेस डिभाईस उपलब्ध गराउने, शरिरमा चिप्स प्रयोग गर्ने नयाँ प्रविधी अपनाएर चिट चोरी गरेको पाइएको छ । पक्राउ पर्नेहरु अधिकांश भारतीय नागरिक छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। कन्सल्ट्यान्सीमार्फत परीक्षार्थीहरुले चिट चोर्ने भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

तपाईको प्रतिक्रिया