काठमाडौँ, २९ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको हत्यारालाई चाँडो खोजी गर्न सरकारसँग माग गरिएको छ ।

नेपाल व्यापार संघले दशैँ, तिहार, छठ, नेपाल सम्बत्को पर्वको अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालका व्यवसायीहरु असुरक्षित हुँदै गएको भन्दै गौचन हत्याका दोषीलाई चाँडो खोजी कारबाही गर्नुपर्ने बताउनुभएको हो । “गौचनको हत्यासँगै नेपालको व्यापार क्षेत्र असुरक्षित हुँदै गएको छ,”–अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले सरकारले व्यवसायीको सुरक्षा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष कार्कीले व्यापारीको हक अधिकारका लागि सबै व्यवसायी मित्रहरु एक हुनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा एकले अर्कालाई पुष्पगुच्छा दिई शुभकामना आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया