काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका चर्चित नेता राहुल गान्धी पार्टीको अध्यक्ष बन्ने भएका छन् । पार्टीकी अध्यक्ष सोनिया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाँडै नै पार्टीको अध्यक्ष बन्ने एक अन्त्रवार्तामा बताएकी छिन् । ‘राहुल कहिले पार्टीको प्रमुख बन्छन् भनेर तपाईंहरूले मलाई धेरै पहिलेदेखि सोधिरहनुभएको छ, अब राहुल चाँडै नै अध्यक्ष बन्दै छन्,’ शनिबार दिल्लीमा आयोजित एक कार्यक्रममा सोनिया गान्धीले भनिन् ।

सोनिया गान्धीले राहुल गान्धीलाई पार्टी अध्यक्ष पद हस्तान्तरण गरेमा भारतीय कांग्रेस पार्टीको नेतृत्व नेहरू–गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ । राहुल गान्धी सम्भवतः दीपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । राहुल अहिले सो पार्टीको उपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया