काठमाडौं । आज हुने भनिएको नेपाल र हङकङको खेल सामुन्द्रिक आँधीका कारण सोमबारका लागी सारीएको छ ।

आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्र्तगतको दोश्रो खेल हुने भनिएको समयमा सामुन्द्रिक आँधीको खतरा भएका कारण खेल सारिएको बताइएको छ ।

प्रतियोगिताको शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्ने सम्भावना जिवित राख्न नेपालले हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । गएको शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया