काठमाडौं – इराकको किरकुक सहरमा इस्लामिक स्टेट ९आइएस० को कब्जा भएपछि हिंसा सुरु भयो र त्यहाँ बलात्कारका घटना बढे । एक इराकी महिलाले बिबिसीसँग आफूले भोगेको दर्दनाक पीडा यसरी बताएकी छिन्ः

म टर्कीको सिया हुँ र मेरा पति अरब सुन्नी हुन् । इस्लामिक स्टेट ९आइएस० आउनुअघि हामी तिकरितमा रहेका थियौँ । मेरा श्रीमान् घरनजिकै रहेको एक मस्जिदमा नमाज पढ्ने गर्दथे । हामीले तरकारीको पसल चलाएका थियौँ । हामीसँग एउटा ठूलो घर थियो र धेरै शिक्षकलाई भाडामा कोठा दिएका थियौँ । मेरा छोरा र छोरी सँगै स्कुल जान्थे । जब आइएसका चरमपन्थी लडाकुहरू तिकरितमा घुसे, सबैभन्दा पहिले उनीहरूले १५ सय सैनिक मारे, यो नै उनीहरूको पहिलो ठूलो हमला थियो । मारिएका सैनिकको लास नदीमा फालिएको थियो ।

केही सैनिक भागेर नदी पार गर्दै हामी बसेको स्थानमा आए । आइएसका लडाकु उनीहरूलाई पिछा गर्दै आइपुगे । भागेर आउने सैनिकमध्ये एकजना टर्कीका थिए र उनलाई म पनि टर्कीको हो भन्ने थाहा थियो । ती सैनिकलाई मैले आफ्नै कोठामा लुकाएँ ।

मेरा पतिले मस्जिदमा तीन सियालाई लुकाएर राखेका थिए । आइएसका लडाकुलाई हामीले केही सैनिकलाई लुकाएर राखेको थाहा भयो । त्यसपछि राति करिब तीन बजे उनीहरू हाम्रो घरमा आइपुगे । उनीहरूले सैनिकलाई खोजेर निकाले र त्यहीँ हत्या गरे । मेरा पतिलाई पनि साथमा लिएर गए, अहिलेसम्म पतिको खबर आएको छैन । केही समयपछि आइएस लडाकु फेरि मेरो घरमा आए र खाली गर्न लगाए । त्यसपछि घर उडाइदिए ।

मैले घर छाडेपछि मेरा दुई बच्चा, केही महिला र शिक्षकहरू पनि साथमै आए । पैदल हिँडेर केही पर मात्रै पुगेका थियौँ, आइएस लडाकु आए र हामीलाई कार मर्मत गर्ने ग्यारेजमा लगे, जहाँ हाम्रो क्षेत्रका महिलालाई कैदी बनाएर राखिएको थियो ।

हामी त्यहाँ २२ महिला थियौँ । किशोरीलाई लडाकुले महिलाबाट अलग गरे । मेरो आँखाअगाडि पाँच किशोरीको बलात्कार गरियो । किशोरीहरू सहयोगका लागि गुहार मागिरहे । मैले उनीहरूलाई सहयोग गर्ने कोसिस गरेँ । आधुनिक हतियार बोकेका लडाकुलाई किशोरीलाई छाडिदिन आग्रह गरे । कुरान र खुदाको कसम खुवाएँ ।

तर, एक लडाकुले मलाई जोडले थप्पड हाने । मेरी १८ वर्षकी सौतेनी छोरीलाई पनि बलात्कार गरे । त्यसपछि छोरीको मृत्यु भयो । अन्य महिलाको उमेर २० देखि ३० वर्षको थियो, उनीहरूलाई पनि पिट्दै बलात्कार गरे । समूहमा एकजना किशोरी धेरै राम्री थिइन्, उनलाई लडाकुले बारम्बार बलात्कार गरिरहे । उनको शरीरबाट रगत बगिरहेको थियो । एक किशोरी ढुंगामा बजारिन पुगिन्, उनको हड्डी भाँच्चियो र मृत्यु भयो । यो हिंसाबाट एकपछि अर्को किशोरी र महिलाको स्थिति नाजुक बन्दै गयो । लडाकुले हामीलाई खानपिन गर्न नदिई ग्यारेजमा बन्द गरेर छाडे । जसकारण मेरो तौल धेरै कम भएको थियो ।

दिनहरू बित्दै गर्दा हाम्रो हालत झन्–झन् खराब हुँदै गयो । हामी आपसमा कुरा गर्दै जो बाँच्छ, उसले अन्यको बच्चा हेरचाह गर्ने कुरा ग¥यौँ । ग्यारेजमा हामीले २१ दिन बितायौँ । त्यसपछि एकजना लडाकु आए, उनले चाहिँ खानपिन गर्न दिए । ती लडाकुले एक दिन बाख्रा ल्याए र हाम्रा बच्चालाई दूध खान दिए ।

लडाकुको एक समूह फेरि आयो र हामीलाई दुई समूह बनाइयो । एक समूहलाई लडाकुले आफैँसँग लगे । अर्को समूहमा म र एक शिक्षिका आफ्नो बच्चासँग थियौँ । हामीसँग रहेका लडाकुले त्यहाँबाट भाग्न सल्लाह दिए । उनले एउटा सडकमा लगेर छाडिदिए । भाग्ने क्रममा हामी रेगिस्तानमा हिँड्यौँ । त्यहाँ भोक लाग्दा खानेकुरा केही थिएन, त्यसैले घाँस खायौँ । बाटोमा हिँड्दै गर्दा सँगै रहेकी शिक्षिकाको बच्चा बित्यो । त्यसपछि पाँच दिनपछि किरकुक पुग्यौँ । त्यहाँ एकजना मेरा नातेदार थिए ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया