एजेन्सी । लेखन ज्ञानको प्रस्फुटन हो । विशुद्ध सिर्जना हो । र, यो सोख पनि हो । यति हुँदाहुँदै कतिपय पुस्तकले लेखकको चर्चाको साथै उसको आर्थिकस्तर पनि वृद्धि गरिदिन्छ । कुनै वेला पुस्तक रेकर्ड तोड्ने ढंगले बिक्री हुँदा पुस्तक र लेखकको सदाबहार चर्चा हुन्छ । प्रस्तुत छ यस वर्षभरि नै चर्चा कमाउन सफल लेखक र सर्वाधिक कमाइ गरेका उनीहरूका कृति :

ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ यस वर्षकै सबैभन्दा बढी कमाउने लेखिका हुन् । उनले ह्यारी पोर्टरको बिक्रीबाट यस वर्ष ९ करोड ५० लाख डलर कमाइ गरेकी छिन् । स्कटल्यान्डकी यी लेखिकाले प्रसिद्ध लेखकहरू डान ब्राउन, स्टेफेन किङ र जोन ग्रिसामलाई उछिन्दै यस वर्ष फोब्र्सको सर्वाधिक कमाउने लेखिकाको सूचीको पहिलो स्थानमा रहन सफल भएकी हुन् । उनका प्रशंसककहरूले उनको पहिलो पुस्तकको २०औँ वार्षिकी मनाइरहेका छन् ।

तीन सन्तानकी आमा रोलिङले आफ्नो दैनिकी जीविका गुजार्नेक्रममा अनौठो संसारका बारेमा लेखेकी थिइन्, जसले विश्वभर तहल्का मच्चाइदियो । ह्यारी पोर्टरको लोकप्रियताले उनलाई करोडपति बनायो र त्यसपछि उनले असंख्यक उपन्यास लेखेकी छिन् । ह्यारी पोर्टरको अहिलेसम्म विश्वभर विभिन्न भाषामा ४० करोडप्रति बिक्री भइसकेको छ । यो पुस्तक इतिहासमा नै सर्वाधिक बिक्री हुने पुस्तक बनेको छ ।

सोही पुस्तकमा आधारित रहेर फिल्म निर्माण भएका छन् । ‘तपाईंले जति सक्नुहुन्छ त्यति पढ्नुहोस् । यसले तपाईंलाई राम्रो लेखनमा सहयोग गर्छ र तपाईंले प्रयोग गर्ने शब्दमा निखारता ल्याउँछ,’ लेखिका जेके रोलिङ भन्छिन् । हलिउडका सर्वाधिक शक्तिशाली लेखकको सूचीमा उनी ११औँ नम्बरमा पर्छिन् । नयाँ पत्रिकाले छापेको छ ।

सन् १९४७ को मार्च २२ मा जन्मिएका अमेरिकी लेखक प्याटर्सन यो वर्ष सर्वाधिक कमाउने दोस्रो लेखक हुन् । उनको उपन्यास ‘वमिन मर्डर क्लब’ निकै कमाउन सफल भएको छ । उनका पुस्तक विश्वभर ३० करोडप्रति बिक्री भएका छन् । सन् २००६ देखि प्याटर्सन शीर्षकमा उनका पुस्तक प्रकाशित छन् । आफ्नै नाममा उपन्यासको शीर्षक राख्ने सम्भवतः उनी पहिलो लेखक हुन् । उनी अमेरिकाको न्युयोर्क टाइम्सको सर्वाधिक बिक्रीको सूचीमा लामो समय परेका थिए ।

तपाईको प्रतिक्रिया