नेपालगन्ज २८ असोज । बाँकेको नरैनापुर गाउँपालीकाका बाढिपिडितले बाढिपछि उत्पन्न समस्या समाधानका लागि स्थानिय निकायका जनप्रतिनिधीलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरुले आफुहरुको उचित बसोबासको उचित व्यवस्था र राप्ती नदिमा पक्की तटबन्धको व्यवस्था गरीदिन आग्रह गरेका हुन । शनिबार नरैनापुर गाउपालीका ६ मा आयोजित कार्यक्रममा लक्ष्मणपुर बाँध र राप्ती नदिका कारण उत्पन्न समस्या समाधानका लागि समन्वय र सहजीकरण गरिदिन स्थानिय तहका जनप्रतिनिधीहरुलाई उनीहरुले आग्रह गरेका थिए ।

बाढि पिडितले यहि वर्ष तटबन्ध निमार्ण गरीदिन पहलरुपि कदम चाल्न आग्रह गरे । २०७१ सालमा आएको बाढीको राहत र हालै आएको बाढीको राहत रकम पनि दिलाईदिन अनुरोध गरेका छन । लक्ष्मणपुर बाँध पिडित संघर्ष समितीको आयोजना एवं फियान नेपाल क्षेत्रिय कार्यालय नेपालगन्जले आयोजना गरेको कार्यक्रममा पिडीतहरुले बाढिका कारण कृषि क्षेत्रमा ठुलो नोक्सानी ब्यहोर्नुपरेकोले सोको राहतका लागि पनि पहल गरिदिन उनीहरुले गरेका छन् ।

नरैनापुर गाउपालिकाका उप प्रमुख जयन्तीदेवी श्रीवास्तवले बाढि पिडितको उचित बसोबासको व्यवस्था गरीने र तटबन्ध निर्माणको काम पनि अगाडी बढाउन ताकेता गरीने आस्वासन दिइन । पिडितको सम्मानजनक संरक्षण गरी परिपुर्ति गरीने उप प्रमुख श्रीवास्तवले बताइन । उनले विस्तापितभएकाहरुलाई सुरक्षित बसोबासका लागी हालको अवस्थामा जंगलमा बस्न दिने बताइन ।

तपाईको प्रतिक्रिया