नेपालगन्ज २८ असोज । नेपालगन्जस्थित पौरखी वहुउद्देश्य सहकारी संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा २ लाख ४९ हजार ३ सय १५ रुपैया खुद नाफा कमाउन सफल भएको छ । शनिबार नेपालगन्जमा सम्पन्न सहकारीको ११ औ साधारण सभामा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा सो जानकारी दिइएको हो ।

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले पौरखि सहकारीले गरेको प्रगति अनुकरणीय भएको बताए । साथै पोखरेलले सहकारीमा आवद्धहरुले सामुहिक हितलाई ध्यानमा राखेर काम गर्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया