काठमाडौं । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित भएकी छिन् । मनोनित भए लगत्तै नायिका थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको बताइन् ।

स्रोतका अनुसार थापा प्रत्यक्षतर्फको चुनावमा प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको छ । नायिका थापाले सुरुवातमा माओवादीमा प्रवेश गरेर राजनीति सुरु गरेपनि माओवादी परित्याग गर्दै राप्रपा प्रवेश गरेर महिला तर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइनन् ।

राप्रपामा निर्वाचित भएको केही समयमा नै उनी पशुपति शमशेरले राप्रपाबाट फुटाएर बनाएको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया