काठमाडौँ । सोसल नेटवर्किङ साइट फेसबुकको महत्व यति बढीरहेको छकी यो बन्द भयो भने मानिसहरुले खान पिउन नै छाड्छन् जस्तो । बुधबार विश्वभर केही मिनेटका लागी मात्रै फेसबुक डाउन हुँदा त्यसको असर ट्विटरमा देखियो ।

फेसबुक ठप्प हुँदा अत्तालिएका प्रयोगकर्ताहरु ट्विटरमा झुम्मिए । उनीहरुले आफ्ना सुखदुख सहित फेसबुक डाउन भएको कुरा औधि लेखेका कारण फेसबुक ह्यासट्याग केही समयमा नै टप ट्रेण्डमा पर्न सफल भयो ।

सोही दिन फोटो शेयरिङ एप इन्स्टाग्राम पनि बन्द भए पनि ट्विटरमा फेसबुकको समाचार भाइरल बन्यो । केही समयमा नै फेसबुक खुलेपछि मानिसहरुको फेसबुकमा रफ्तार उस्तै बन्यो ।

तपाईको प्रतिक्रिया