काठमाडौँ । गायक तुला पर्वतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएका छन् । संगीतमा कुनै भविष्य छैन भन्नेहरुका लागी तुला र उनको परिवार एउटा उदाहरण हो । निरन्तर संगीत साधानामा लागेर कहिल्यै नथाक्ने संगीतका साधक तुला आँफु मात्रै संगीतमा नरमी आफ्नो परिवारलाई समेत उनले सांगीतिक रसमा डुबाएका छन् र त उनको परिवार पनि तुलाकै संगीतको धुनमा बगीरहेको छ निरन्तर र अबिरल ।


जसको परिणाम हो उनकी छोरी श्रृषा आज कुशल मोडल र सुमधुर स्वरकी धनी गायिकाका रुपमा देश विदेशमा परिचित बन्न पुगेकी छिन् । लामो समयदेखि परवासी जीवन बिताएका गायक तथा संगीतकार तुलाले अन्तत आफ्नो यात्रालाई सोचेको ठाउँमा पुर्याउन सफल भएका छन् । डेढ दशकभन्दा बढी समय नेपाली सांगीतिक क्षेत्रमा बिताएका चितवन पटिहानीका तुला आफूले हात हालेका काममा सफल भएका छन् ।

जसका कारण उनको हालै सार्वजनिक गरेको न श्रृङ्गार छ तिम्रो’ बोलको गीतले नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा परिचर्चा बटुलीहरेको छ । गीतकार राजेन्द्र गौतमका शब्दमा तयार भएको यो गीतमा गायक तुला र उनकी छोरी श्रृषा कुँवरको आवाज समावेश छ । भिडियोमा रश्मी तामाङ र विनोद न्यौपानेले मोडलिङ गरेका छन् । गीतमा श्रृङ्गार नगरेकी एक यूवतीको खुलेरै तारिफ गरिएको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन छ । तुला र श्रृषाका यस अगाडी हल्का हल्का, वारीमा खोला पारीमा खोला, फर्की आउन पाउँ आफ्नै गाउँ घर , लगायतका गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया