काठमाडौँ । चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतले बनाउने फिल्म ‘अनुराग’बाट चर्चित नायक पल शाह आउट भएका छन् ।

१८ लाख डिमाण्ड राखेर उनले अभिनय गर्ने तरखरमा रहेको उक्त चलचित्रबाट पल आउट भए पनि निर्माण पक्ष र नायक पल भने यस विषयमा अहिलेसम्म केही बोलेका छैनन् ।

तर पलले ठूलो ब्यानरको अर्को चलचित्रमा काम गर्ने अवसर पाएसँगै अनुरागबाट ब्याक भएको हुनसक्ने बताइन्छ । सोही चलचित्रमा पल भन्दा अगाडी अर्का नायक दीपक घिमिरेलाई अनुबन्धित गरिएको भएपनि उनले पनि चलचित्रबाट हात झिके ।

चल्तिका हिरोहरुले धमाधम हातझिकेपछि धमलापत्नि एलिजाले अहिले नव नायकलाई लिएर चलचित्रको वर्कसप गरिरहेको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया