काठमाडौं । संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई शनिबार बिदाई गरिने भएको छ । भोली शनिबारका लागी बोलाइएको विशेष बैठकले ५९२ सांसदहरुलाई बाटो खर्च दिएर बिदाई गर्ने तयारी गरिएको छ । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् ।

यसैबिच संसदको आज ३ बजेको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक बोलाइएको छ । जसले सांसदहरुलाई विधिवत बिदाई गर्ने तयारी भएको छ । पुरानो प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च दिएर विदाइ गर्ने चलन छ ।

सभामुख ओनसरी घर्तीले शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक बोलाएको स्रोतको भनाई छ । २०७० मंसिर ४ गते निर्वान संविधानसभा निर्वाचन भएको थियो । संवैधानिक व्यवस्थाअनुसार संविधान जारीपछि संविधानसभा व्यवस्थापिका संसदमा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया