ताजा खबर :- काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्तत् आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले एमालेको सूर्य चिन्हबाट चुनाव नलडी आफ्नै पार्टीको देब्रे आँखा लिएरै चुनाव लड्ने उद्घोष गरेका हुन् । सिट बाँडफाँटमा नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग भट्टराईको नयाँ शक्ति झमेलामा कुरा नमिल्दा र आफ्नो गृहजिल्लाका विषयमा पनि कुरा नमिल्दा बाबुरामले अन्तिम समयमा आएर यस्तो निर्णय लिएको स्रोतको भनाई छ ।
भट्टराईले एमालेसँग निर्वाचनमा आफ्नो सम्मानजक भूमिकाका लागि आग्रह गरेपनि माओवादीले गोर्खा नछाड्ने बताएपछि भट्टराई यस्ते निर्णय लिएका हुन् । भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादीले असहमति जनाएको थियो।

तपाईको प्रतिक्रिया