काठमाडौं । दार्जिलिङलाई छुट्टै राज्य बनाइनु पर्ने माग राख्दै भएको लामो आन्दोलन स्थगित भएको केही सातामा नै दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । अनिश्चितकालिन दार्जिलिङ बन्द १६ दिनपछि खुलेको दुई सातामा नै पुन भड्कीएको आन्दोलनका क्रममा दार्जिलिङमा दुई जनाको ज्यान गएको हो ।

सुरक्षाकर्मी र गोरखा जनमुक्ति मोर्चा (गोजमुमो)का अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक र परिचय नखुलेका अर्का एक जनाको ज्यान गएको हो ।झडपमा अन्य थुप्रै घाइते भएको भारतीय मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया