काठमाडौं, २७ असोज । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ ।

तिहारमा पाला, धुपौरालगायतका माटोको भाँडाहरुको माग धेरै हुने गरेको छ । भक्तपुरमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया