काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङ विरुद्ध जवाफी ब्याटिङ गरिरहँदा आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । नेपालका दिपेन्द्र सिंह ऐरी १३ बलमा ३ रन बनाउँदै आउट भएका हुन् ।

यसअघि दोस्रो विकेटका रुपमा २९ वलमा ४ चौकाको मद्दतमा २१ रन बनाउदै ज्ञानेन्द्र मल्ल आउट भए भने त्यसअघि नेपालका सागर पुन ३ रनमै आउट भएका थिए । टस जितेर पहिला ब्याटिङ गरेको हङकङले ५० ओभरको खेलमा १९४ रन जोडेको थियो ।

तपाईको प्रतिक्रिया