काठमाडौँ –  मिर्गौला हाम्रो शरीरको यस्तो एउटा महत्वपूर्ण अंग हो, जसले शरीरमा रहेका विशाक्त पदार्थ  छानेर पिसाबको रूपमा बाहिर निकाल्न मद्दत गर्छ । हाम्रो मिर्गौला शरीरको बीचभाग कम्मरको नजिकै हुन्छ । यो अंग एक मुठीबराबरको हुन्छ । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । कुनै एउटा मिर्गौलामा समस्या देखियो भने शरीरमा विभिन्न समस्या देखिन थाल्छ । खराब जीवनशैली र कहिलेकाहीँ औषधिका कारण पनि मिर्गौलामा समस्या देखिने गरेको छ । आजभोलि मिर्गौलामा समस्या भयो भनेर अस्पताल धाउने बिरामीको संख्या उच्च छ । स्वास्थ्यप्रति गरिने हेलचेक्रयाइँका कारण मिर्गौलाका बिरामी बढिरहेको चिकित्सकहरू बताउँछन् ।

लक्षण
पिसाबको मात्रा बढ्ने र एकदम कम हुने हुन्छ ।

पिसाबको रङ बदलिँदै जान्छ । पिसाबको रङ गाढा हुन्छ ।

पटक–पटक पिसाब आउनु अथवा पिसाबको मात्रा बढ्दै जानु ।

रातिको समयमा पटक–पटक पिसाब आउनु मिर्गौला अस्वस्थ हुनुको सबैभन्दा प्रधान लक्षण हो ।

पिसाब गर्दा दुख्नु । पिसाब गर्दा निकै असहज अनुभव हुन्छ भने जान्नुहोस् मूत्रमार्गमा केही संक्रमण भइरहेको छ ।

पिसाब गर्दा मूत्रमार्गमा जलन महसुस हुन्छ ।

पिसाब गर्दा कहिलेकाहीँ रगत देखिन सक्छ । जब पिसाबमा रगत देखिन्छ, एक मिनेट सोच्नुहोस्, मेरो लागि तुरुन्त चिकित्सकको आवश्यकता परेको छ । किनकि, मिर्गौला खराब हुनुको निश्चित संकेत यो पनि हुन सक्छ ।
निकै थकान अनुभव हुनु । कमजोर अनुभव गर्नु ।

मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।

मिर्गौलाको बिरामीमा एनिमिआको रोग पनि देखिन सक्छ । जसले गर्दा गर्मी समयमा पनि चिसो अनुभव हुन्छ ।

मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।

कारण
खानामा धेरै नुन खाने बानी छ भने कम गर्नुस् । खानामा धेरै नुन खाँदा मिर्गौला खराब गराउँछ ।

अन्य नुनिलो खानेकुरा पनि सकेसम्म ठिक्क मात्रामा खान जरुरी छ । कारण, नुनले ब्लडप्रेसर बढाउँछ । यसको असर मिर्गौलामा पर्छ ।

हामी विभिन्न कारण पिसाब रोक्छौँ । कहिले बाध्यताले, कहिले हेलचेक्र्याइँले । तर, यसो गर्नु मिर्गौलाका लागि खराब हुन्छ । रोकिएको पिसाब भरिएर मिर्गौलासम्म पुग्छ । पिसाबमा हुने ब्याक्टेरियाले मिर्गौलालाई असर गर्छ ।

धूम्रपान र सुर्तीसेवन, गुट्खा, पानपरागलगायत खाने बानीले पनि मिर्गौला बिगार्ने सम्भावना हुन्छ । सकेसम्म चाँडै धूम्रपान तथा कुलतबाट टाढा बसौँ ।नयाँ पत्रिकामा खबर छ ।

आफूलाई आवश्यक निद्रा पूरा नगर्ने मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । यति मात्रै होइन, निद्रा पूरा नहुँदा मुटुमा समस्या देखिन्छ । रक्तचाप र मुटुसम्बन्धी विभिन्न समस्याले मिर्गौलामा असर पुर्‍याउन सक्छ ।

तपाईको प्रतिक्रिया