काठमाडौं । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् । उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया