एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत अहिले ऋतिक रोशनमाथि आक्रमण गर्न छाडेर अभिनेता आदित्य पञ्चोलीमाथि हात धोएर लागी परेकी छिन् । ऋतिकमाथी हुँदा नहुँदा आरोप लगाएर थालेकी यि नायिकाले आदित्य पञ्चोलीमाथि यौन शोषण गरे र आफ्नो घरमा बन्द गरिदिएको आरोप लगाए लगत्तै आदित्य पञ्चोलीले यही आरोपलाई लिएर आदित्यले कंगनामाथि आपराधिक मानहानीको मुद्दा हाल्ने निर्णय गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हालैको एक टेलिभिजन अन्त्रवार्तामा कंगनाले आदित्यले आँफुमाथी शारीरिक शोषण गरेको आरोप लगाए लगत्तै यही आरोपलाई लिएर आदित्यले कंगनामाथि आपराधिक मानहानीको मुद्दा हाल्ने निर्णय गरेका हुन् । यसअघि आदित्यले कंगनालाई गत २५ सेप्टेम्बरमा पनि एउटा लिगल नोटिस पठाएका थिए । तर, कंगनाले सो नोटिसको कुनै जवाफ नदिएका कारण आदित्यले कंगना बिरुद्ध मानहानीको मुद्दा हाल्ने भएका हुन् ।

आदित्यले कंगनासँग आँफुले शारीरिक सम्पर्क नराखेको भन्दै कंगनालाई राष्ट्रिय टेलिभिजनमा मेरो बदनाम गर्ने कुनै अधिकार नभएको बताएका छन् । यसअघि उनले यस्तै प्रकारको आरोप अभिनेता ऋतिक रोसनमाथी लगाउँदै आएकी थिइन् । ऋतिक बिरुद्ध अहिले भने उनी मौन छिन् ।

तपाईको प्रतिक्रिया