छिमेकी तिब्बतको एउटा अनौठो संस्कारका बारेमा तपाईं हामीमध्ये कमैलाई थाहा होला । तिब्बतमा कुनै मान्छेको मृत्यु भएपछि उसको शवलाई न त जलाईन्छ, न त खाल्डो खनेर गाडिन्छ । तर तिब्बतमा भने मान्छेको मृत्युपछि उसको शवलाई आत्माको शान्तिको प्रार्थना गर्दै गिद्धलाई खान दिइन्छ । मृत्युपछि मान्छेको शव गिद्धलाई खुवाएमा उक्त मानिस गिद्ध जस्तै उडेर स्वर्गमा जाने त्यस समुदायका मानिसहरुको विश्वास छ । यो नियिंगमा परम्परा तिब्बतमा हजारौं बर्षदेखि चल्दै आएको छ र बौद्ध समुदायले मान्छेको शव गिद्धलाई खान दिने गरेका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया