एजेन्सी । स्विडिस मोडल तथा फोटोग्राफरअरविदा बिस्ट्रमले खेलेको एक विज्ञापनका कारण उनलाई भद्धा म्यासेजदेखि बलात्कारसम्मको धम्की आइरहेको छ ।

देख्दा निकै नै हट मोडल अरविदाले एडिडास कम्पनीका लागि गरेको बिज्ञापनमा उनले लागि आफ्नो खुट्टामा भएका रौं हटाउन भ्याक्सिङ नगरिकनै पोज दिएकी थिइन् ।

जब उक्त भिडियो युट्युबमा अपलोड भयो तब अरविदालाई भद्दा म्यासेज मात्रै नभई बलात्कारसम्मको धम्की आउन थालेको उनले हालैको एक अन्तरवार्तामा रहस्य खोलेकी छिन् ।

त्यसपछि उनले आफ्नो इन्स्टाग्राममा यो तस्वीर पोष्ट गर्दै मानिसहरुले आफ्नो कसरी मजाक उडाइहेका छन् र कस्तो खालका धम्की दिइरहेका छन् भन्ने कुरा खुलाएकी छिन् । अरविदा यस्ती मोडल हुन् जो जिउका कुनैपनि भागका रौं नखौरिकनै फोटोसुट गराउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया