एजेन्सी । उत्तर कोरियाली नेता किम जोन उनले पूर्व प्रेमिका होन सोङ वोललाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । परमाणु हतियारसम्बन्धी अमेरिकासँगै दिनहुँ विवाद बढ्दै जाँदा उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो मजदूर पार्टीमा नयाँ व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीको घोषणा गर्ने क्रममा आफ्नी पूर्व प्रेमिका होन सोङ वोललाई केन्द्रिय समितिमा पदोन्नती गरेको घोषणा गरेका हुन्।

किमकी प्रेमिका अर्थात् होन सोङ वोल कुनै समय उत्तर कोरियाली सांगीतिक समूह मोरानबोङको प्रमुख थिइन्। उनी आबद्ध उक्त ब्यान्डले उत्तर कोरियामा विभिन्न प्रकारका प्रोपागान्डा फैलाउने गरेको बताइएको छ। त्यस्ते किमले आफ्नी बहिनी किम यो जोङलाई पनि केन्द्रिय समितिमा पदोन्नती गरेका छन् ।

केही वर्षअघि चीनमा आयोजना गरिएको एक कार्यक्रममा असन्तुष्ट होन र किमको सम्बन्धबारे सेक्स टेप बनाई सार्वजनिक गरेकोले सन् २०१३ मा किमले होनको हत्या गरेको झुटो समाचार समेत फैलिएको थियो।

तपाईको प्रतिक्रिया