सोलुखुम्बु । बिहीबार सीता एयरको विमान ठूलो दुर्घटनाबाट बचेको छ । बिहीबार बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको चालक दलले थाहा पाएपछि दुर्घटनाबाट बचेको हो ।

विमान बिहान करिब ७ पचास बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमानमा उक्त समस्या आए लगत्तै विमान मर्मतका लागि काठमाडौंबाट बिहीबार नै प्राविधिक टोली आएर मर्मत गरेको छ । मर्मतपश्चात पुनः विमान बिहान १० बजे नै काठमाडौंका लागि उडेको बताइएको छ ।

तपाईको प्रतिक्रिया