काठमाडौं । दिन दहाडै राजधानीमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

गत सोमबार अज्ञात समूहको गोली प्रहारबाट आफ्नै घर अगाडी मारिएका गौचनको हत्यारा पत्ता नलागीसकेका बेला प्रधानमन्त्रीले हत्याराको खोजीकार्य जतिसक्दो छिटो गरिने आश्वासन पनि शोकाकुल परिवारलाई दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा अनामनगरस्थित महासंघ प्रांगणमा राखिएको गौचनको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका हुन् । यसैबिच परिवारले आज बिहान शव बुझेपछि अन्त्येष्टि गरिन लागेको हो ।

सरकारले गौचनका हत्यारा प्रक्राउ गर्न आलटाल गरेको भन्दै ब्यबसायीले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थान र भोली राजमार्गमा चक्का जाम गरेर दबाब दिने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया