काठमाडौँ । लामो समय अमेरिका बसेर स्वदेश फर्किएका पुराना नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ऐश्वर्यमा नव नायिका दीपिका प्रसाईको तुलनामा नायिका केकी अधिकारीलाई ओझेलमा पारिएको आरोप लागीरहेका बेला निर्माण यूनिटले नायिका केकीलाई पनि प्रचार प्रसारमा प्रयोग गर्न थालेको छ ।

एकपछि अर्को शैलीमा चलचित्रको हाइप बनाउँदै लगेका निर्माता तथा नायक रमेश उप्रेतीले प्रदर्शनको करिब २ साता अगाडि केकी अधिकारीलाई अगाडि ल्याएर केकीको महत्वपूर्ण भूमिकालाई अन्तिम समय देखाउन खाजेको बताउँछन् । निर्देशक दिवाकर भट्टराइका अनुसार चलचित्रको स्टाटेजी अनुसार नै केकीलाई अन्तिम समयमा हाइलाइटमा ल्याइएको हो ।

सुरुमा चलचित्र प्रचारमा समय नदिने भन्दै बसेकी केकी अहिले ‘ऐश्वर्य’का लागि दौडधुप गरिरहेकी छिन् । नेपाली चलचित्रमा आजसम्म कुनै पनि हिट चलचित्र दिन नसकेकी केकीका लागि ‘ऐश्वर्य’को व्यापार महत्वपूर्ण छ । चलचित्र कात्तिक ९ गतेबाट प्रर्दशनमा आउँदैछ ।

तपाईको प्रतिक्रिया