काठमाडौँ । नेपाली काङ्ग्रेसका चर्चित नेता गगन थापाले आफू मुख्यमन्त्री बन्ने इच्छा देखाएका छन् । एक अन्तरवार्ताका क्रममा नेता थापाले आँफुलाई लाई प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न पार्टीसमक्ष आग्रह गरेका छन् ।

टेलिभिजन अन्त्रवार्ताका क्रममा नेता थापाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई राखेको जानकारी दिँदै आँफुलाई उक्त महत्वपूर्ण जिम्मेवारी र चुनौती दिए काँध थाप्न र पार्टीकै इज्जत बढाउन तयार रहेको उनले बताए ।

उनले नेपाली कांग्रेसले सात वटै प्रदेशको मुख्यमन्त्री यो हुन्छ र यो प्रदेशमा हामी जित्यौं भने यो गर्छौँ भनेर एजेण्डासहित जानुपर्ने कुरा पनि राखे ।

तपाईको प्रतिक्रिया