काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी नायिका सारंगा श्रेष्ठ आमाको उपचारका लागी यतिबेला नेपालमा छिन् । उनकी आमालाई क्यान्सर भएपछि भक्तपुरमा उपचार भइरहेको छ ।

आमाको उपचारका लागी बैँकबाट निकालेर लगेको पैसा बिचबाटोमा नै हराएपछि सारंगा निकै अप्ठ्यारोमा परेकी छिन् । उनले रु २ लाख नगद हराएको र भेट्टाउने ब्यक्तिलाई फिर्ता गरिदिएर आँफुलाई सहयोग गरिदिए ठूलो धर्म हुने बताएकी छिन् ।

आमाको स्वास्थ अवस्था थप जटिल बन्दै गएका बेला आँफु एकपछि अर्को ठूलो विपत्तिमा परेकाले सहयोग गरिदन समेत उनले अपिल गरेकी छिन् ।

तपाईको प्रतिक्रिया