एजेन्सी । रोचक र विचित्रको दुनियामा भारत विश्वमा नै शिर्ष स्थानमा पर्ने गर्छ । पछिल्लो समय भारतको एउटा गाउँ चप्पल निषेधका कारण चर्चामा छ । जहाँका स्थानीयले मात्रै होइन पाहुना बनेर गएका सर्वसाधारणले पनि चप्पल लगाउन पाउँदैनन् ।

यो गाउँ भारतको तमिलनाडु स्थित कलियामान हो । जहाँ पाका मानिसहरुले मात्र होइन बच्चाबच्चीलाई प्नि जुत्ता चप्पल लगाइदिइदैन । यो गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामका देवताको पुजा गर्दछन् ।

गाउँको रक्षा गर्ने देवताको पवित्रतालाई कायम राख्न गाउँको सिमाभित्र कोहीपनि जुत्ता चप्पल लगाएर प्रवेश गर्न नहुने आस्था गाउँलेहरुमा अद्यापि रहेको छ । यदि कसैले जूत्ता चप्पल लगाएको थाहा पाएको खण्डमा देवताको अपमान हुने भन्दै स्थानीयले कारवाही समेत गर्दै आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया