एजेन्सी – बलिउडमा थुप्रै परिवार फिल्मकर्ममै सक्रिय छन् । कतिपयका बाबुआमा, छोराछोरीसमेतले अभिनय, निर्माण, निर्देशनलाई नै मूल पेसा बनाएका छन् । केहीका भने दाजुभाइ अनि दिदीबहिनीसमेत फिल्मकारितामा सक्रिय देखिन्छन् । भारतीय अनलाइन दैनिक भाष्करले बलिउडमा सक्रिय केही दाजुभाइ तथा दिदीबहिनीको उचाइबारे खबर प्रकाशित गरेकोे छ । तीमध्ये केहीचाहिँ फिल्मकर्ममा सक्रिय छैनन् । को कति अग्ला छन् त ? यसबारेमा एक रिपोर्टः

सलमान–सोहेल खान बलिउड सुपरस्टार सलमान खानको उचाइबारे उनका फ्यान जानकार नै छन् । बताउनैपर्‍यो भने उनलाई ५ फिट साढे ५ इन्च भन्ने गरिन्छ । तर, उनका भाइ सोहेलको उचाइ भने उनको भन्दा आधा इन्च बढी अर्थात् ५ फिट ६ इन्च छ ।

करिश्मा–करिना कपुर करिश्मा र करिना कपुर दिदीबहिनी हुन् । करिश्मा ४३ वर्षकी भइन् भने उनकी बहिनी करिना ३७ वर्ष पुगिन् । करिश्माको उचाइ ५ फिट ४ इन्च छ । करिना भने दिदीभन्दा १ इन्च अग्ली अर्थात् ५ फिट ५ इन्च छिन् ।

आलिया–शाहिन भट्ट अभिनेत्री आलिया भट्ट र शाहिन भट्टबीच ५ वर्षको अन्तर छ । शाहिन आलियाकी दिदी हुन् । आलिया २४ वर्षकी भइन् भने शाहिन २९ पुगिसकिन् । आलिया ५ फिट ३ इन्च अग्ली छिन् भने दिदी शाहिनको उचाइ ५ फिट २ इन्च छ । शाहिन फिल्मकर्मका सक्रिय छैनन् ।

रणवीर–रिद्धिमा कपुर बलिउडका चर्चित अभिनेता हुन्,रणवीर कपुर । रणवीरको उचाइ ६ फिट छ । ३५ वर्षीया रणवीरकी ३७ वर्षीया दिदी छिन्, रिद्धिमा । उनको उचाइ भने ५ फिट ५ इन्च छ । रिद्धिमा फेसन डिजाइनर हुन् ।

फराह–साजिद खान कोरियोग्राफर तथा निर्देशक फराह खान र निर्देशक साजिद खान दिदी–भाइ हुन् । ५२ वर्षीया फराह ५ फिट ६ इन्च अग्ली छिन् । उनका भाइ साजिद भने ५ फिट १० इन्च अग्ला छन् । साजिद ४६ वर्षका भए ।

जाहान्वी–खुशी कपुर अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरका दुई छोरी खुशी र जाहान्वीबीच ४ वर्षको उमेर अन्तर छ । जाहान्वी २१ वर्षकी भइन् भने खुशी भर्खर १७ मा टेकेकी छिन् । जाहान्वी यसै वर्ष बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । खुशीलाई भने अभिनयमा रुचि नभएको बताइन्छ । दिदी जाहान्वीको उचाइ ५ फिट ४ इन्च छ भने बहिनी खुशी ५ फिट ७ इन्च अग्ली छिन् । नयाँ पत्रिकाले छापेको छ ।

आदित्य–कुणाल राय कपुर अभिनेता, भिजे आदित्य रोय कपुर र कुणाल रोय कपुर दाजुभाइ हुन् । अभिनेता तथा फिल्म निर्देशक कुणाल ३८ वर्षका भए भने आदित्य ३१ वर्षका भए । आदित्य ६ फिट २ इन्च अग्ला छन् भने उनका दाइ कुणालको उचाइ जम्मा ५ फिट ७ इन्च छ ।

तपाईको प्रतिक्रिया