मोरङ । मोरङकी रीता निकै अप्ठ्यारोमा परिन् जब आफ्नै दाजुले सानो भाईसँग अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा थाहा पाइन् । सुरुमा त उनले के गर्ने के नगर्ने पत्तै पाइनन् ।

अत्तालिएर निकै तनावमा रहेको भाइलाई फकाएर सोधेपछि दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुराले मन झनै अस्थिर भयो उनको ।

ठूलीआमाको छोरा दाजुले गरेको कुर्कम बिरुद्ध उनको मनमा ज्वाराभाटा नै चल्न थाल्यो । एकातर्फ पीडित बनेको भाइ, अनि अर्कोतर्फ अपराधी दाइ सम्झिदा रीता निकै संकटमा परिन् ।

निकै नै दोषधका बिच रिताले दाजु अपराधी भएको र सजायँ पाउनुपर्ने निचोड निकालेर मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा दाजु कृष्ण धिमालद्वारा आफ्नो भाइमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी दर्ता गराइन् । यो साउन २३ गतेको घटना हो । दोषी कृष्ण धिमाललाईअदालतले १० बर्षको जेल सजायँ सुनाएको छ ।

तपाईको प्रतिक्रिया