बैतडी – जसको पहिलो सन्तानका छोराे जन्मिन्छ, त्यसले तिहारको वेला औँसीको दिन खसी दिने चलन छ । दिएको सो खसी गाउँका सबैले बाँडेर खाने प्रचलन छ ।

सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा एउटा गाउँमा अनौठो चलन छ । जहाँ जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीको दिन गाउँलेहरुलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने विश्वास गरिन्छ ।

जिल्लाको मेलौली नगरपालिका– असुरमा आफनो पहिलो छोरा जन्मिदा प्रत्येक वर्ष आैंसीको दिन खसी लिने चलन रहिआएको हो । गाउँमा विहेपछि जसको पहिलो सन्तानकारुपमा छोरा जन्मिन्छ त्यसले तिहारको वेला औँसीको दिन खसी दिने चलन छ । दिएको सो खसी गाउँका सबैले बाँडेर खाने प्रचलन रहेको छ ।

परम्परा रोक्न गाउँलेनै पुगे प्रशासन

मेलौली नगरपालिका–९ असुरका स्थानीयले परम्परागतदेखि चल्दै आएको जेठो सन्तान छोरा हुनेहरुले तिहारमा खसी काट्नुपर्ने परम्पराको स्थानीयहरुले नै विरोध गरेका छन् । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त पराम्परले समाजिक तथा लैङ्गिक विभेदलाई बढवा दिएको भन्दै केही स्थानीयहरुले बन्द वा परिमार्जन गर्न माग गरेका छन् ।

स्थानीयहरुले यो परम्परा बन्द गर्न माग गर्दै आज विभिन्न सरोकारवाला निकायलाई ज्ञापनपज्ञ समेत बुझाएका छन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई स्थानीयहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

‘छोरी भए दु:ख मनाउ गर्ने तर, छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जन बढी खसी काटिन्छन्’, उनले भने, ‘यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।’

यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि विभेद गरेको र हिंसा स्थितिसमेत सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खशी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताए । ‘छोरी भए दुख मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जन बढी खसी काटिन्छन्’, उनले भने, ‘यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।’

यस्तै दलितको घरमा पनि छोरा जन्मिए गाउँलेलाई खसी दिनैपर्छ तर, उक्त खसी गैरदलितले मात्रै खाने चलन छ । यसले जतीय विभेद र जातीय हिंसाका घटनासमेत बढेको ज्ञापनपत्रमा उल्लेख छ । ‘यो परम्पराले समाजमा द्धन्द हुने र जातीय भेदभावलाई बढवा दिएको छ ।’ स्थानीय भिम भट्ट ले भने । नयाँ पत्रिकाले छापेको छ ।

‘समाजिक विभेदलाई बढवा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुशी लाग्यो,’ प्रजिअ जोशीले भने, ‘यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।’

गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउँदै स्थानीयले यो रुढीबादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैल्याउने हुँदा यस्ता संस्कारहरुलाई हटाउनु पर्ने बताए । ‘समाजिक विभेदलाई बढवा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुशी लाग्यो,’ प्रजिअ जोशीले भने, ‘यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।’

तपाईको प्रतिक्रिया