एजेन्सी । बलिउड चर्चित स्टार साहरुख खान फेरी एक पटक तनावमा आएका छन् । आँफुलाई भन्दा आफ्ना सन्ततीलाई बढी माया गर्ने यि नायक आफ्नी छोरीको स्विमिङ पूलको तस्बिरका कारण यतिबेला तनावमा आएका हुन् ।

बढ्दै गरेकी किशोरी छोरीको स्विमिङ पूलको तस्बिर तस्विर सामाजिक संजालमा लिक भएसँगै शाहरुख अलिक चिन्तित देखिएका छन् । साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएपछि यो बिषयमा सुहानासँग कुरा पनि गरिसकेको बताइन्छ ।

केही समय अगाडि साहरुखकी छोरी सुहानाको विकिनी तस्बिर सामाजिक संजाल र मिडियामा भाइरल भएपछि उनले सम्बन्धित मिडियाको कार्यालयमा नै पुगेर तस्विर हटाइदिन र तनाव दिने समाचार प्रसारण नगरिदिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया