एजेन्सी – कु्रर शाशक उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ । खबर अनुसार अमेरिकाले दक्षिण कोरियासँग मिलेर नेता किम जोन उनको हत्या योजना संयुक्त रूपमा बनाएको उत्तर कोरियाली ह्याकरले पत्ता लगाएपछि उनको हत्याबारेको अमेरिकी तथा दक्षिण कोरियाली योजना विफल भएको उत्तर कोरियालीले बताएको छ ।

दक्षिण कोरियाले यस अघि नै उत्तर कोरियाले ह्याकिङ प्रविधिको प्रयोग गरी आफ्ना महत्वपूर्ण दस्तावेजहरूको चोरी गरेको बताएको थियो ।उत्तर कोरियाली ह्याकरले दक्षिण कोरियाको सेनाको नेटवर्क ह्याक गरेको दक्षिणको आरोप थियो ।

ह्याकिङ मार्फत् अमेरिका तथा दक्षिण कोरियाको युद्ध सम्बन्धी साझा योजनाबारेको समेत जानकारी उत्तर कोरियाले लिएको उत्तर कोरियाको दाबी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया