जाजरकोट, २५ असोज- यहाँको त्रिवेणी नलगाड–८ वगारामा रा१ज ४२७ नंको जिप पल्ँिटदा दुईजना घाइते भएका छन् ।

घाइते वडा ८ मन्मैका टीकाराम केसी र सहायक चालक रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

बगाराबाट मन्मै जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । अनुभव नभएका सहायक चालकले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयवासीले बताएका छन् । प्रहरी चौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया