काठमाडौँ । चर्चित नायिका रेखा थापा काठमाडौँमा कार दुर्घटनामा परेकी छिन् । चलचित्र ‘रुद्रप्रिया’को प्रमोसनमा अत्यन्तै व्यस्त रहेकी थापा बुधबार दिउसो काठमाडौँको चावाहिलमा दुर्घटनामा परेको उनका सहयोगीले जानकारी दिए ।

चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगेको भए पनि रेखालाई भने केही भएको छैन । कार रेखा आँफैले चलाईरहेकी थिईन ।

रिलिज हुन लागेको चलचित्र रुद्रप्रियाको प्रमोशनमा व्यस्त रहेकि रेखा टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर फर्किने क्रममा उनको सवारीलाई ट्रकले ठक्कर दिएको थियो । रेखाको गाडीलाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ड्राइभर यतिबेला गौशला प्रहरी वृत्तमा छन ।

तपाईको प्रतिक्रिया