काठमाडौँ । पल शाहको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर ठगी गर्दै आएका एक युवकलाई सिआइबीले पक्राउ गरेको छ । नक्कली पल शाह बनेर आमोद भट्राईले रुकुमकी शर्मिला कठायतसँग फेसबुक मार्फत बाढी पिडितका नाममा पटक पटक गरेर ३१ हजार रुपैयाँ असुलेपछि शर्मिलालाई शंका लाग्यो ।

त्यसपछि सर्मिलाले ठगलाई सबक सिकाउन कदम चालेपछि उनलाई सिआइबीले पक्राउ गरेको हो । यसरी चर्चित कलाकारहरुको नाममा फेक आइडी बनाएर समाजमा बिकृति फैलाउने कार्यले कलाकार र सर्वसाधारमा समेत नराम्रो असर गर्ने नायक पल शाहले बताए ।

नक्कली पल शाहले नायिका आँचल शर्माको नाममा पनि नक्कली आइडी बनाएर अवैध काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले ठग आमोद भट्राईले गरेको अन्य ठग कर्मका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया