एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले दुई वटा फिल्ममा एउटै भूमिका निर्वाह गर्ने तयारीमा छिन् । उनको नयाँ भूमिका हो अन्तरिक्ष यात्रीको ।

प्रियंकाले अन्तरिक्ष यात्री कल्पना चावलाको बायोपिकमा अन्तरिक्ष यात्रीको भूमिका निर्वाह गर्न लागेकी हुन् भने अर्को फिल्म हो आमिर खानको अन्तरिक्ष यात्रीमाथि नै आधारित अर्को फिल्म ‘सैलुट’मा काम गर्ने पक्का भएको हो ।

सैलुटमा प्रियंकाले काम गर्ने चर्चा पहिलेदेखि नै चलेपनि अहिले आएर टुगींएको हो । अन्तरिक्ष यात्रीको भूमिका निर्वाह गर्न लार्ग लागेसँगै यो भूमिकामा काम गर्ने उनी बलिउडकै पहिलो नायिका बन्दैछन् । त्यसमा पनि दुई फिल्ममा एकैपटक एउटै भूमिका निभाउनु उनका लागी मात्रै नभएर बलिउड फिल्मकै लागी गौरवको कुरा हो ।

तपाईको प्रतिक्रिया