नेपालगन्ज । नेपालमा ३ सय किशोरी एकदिन नयाँ भूमिकामा देखिने भएका छन् । विश्व बालिका दिवसका अवसरमा नेपालमा ३ सय किशोरी रेडियोकर्मीको भूमिकामा देखिने भएका हुन् । यसअघि कहिल्यै रेडियोमा काम नगरेका ३ सय बालिका एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिन लागेका हुन् ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल र अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तराष्ट्रिय बालिका दिवस मनाउन लागिएको हो । नेपालगन्जको रेडियो सदभाव, कृष्णसार एफएम र रुबरु एफएमले पनि उक्त अभियानमा सहकार्य गर्दै आज बुधबार आप्mनो नियमित कार्यक्रमको स्थानमा बिशेष संवाद गर्दैछ ।

नेपालगन्जको रेडियो सदभावमा नेपालगन्ज उपमहानगरपालिका २० राझाकी १५ बर्षिया किशोरी पुष्पा शर्माले कार्यक्रमको नेतृत्व लिने भएकी छन । भने कृष्णसार एफएममा शारदा वि.क. र रुबरु एफएममा साबरुन शेख र स्मृती देबकोटा हुनेछन । बहसमूलक रेडियो कार्यक्रममा नीति निर्माताहरु, जनप्रतिनिधिहरु र सरकारी अधिकारी हरुलाई निम्त्याएर आफू तथा आफूजस्तै अन्य किशोरीहरुका सवालमा छलफल हुने छ ।

तपाईको प्रतिक्रिया