एजेन्सी । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि पानामा पहिलो पटक छनौट हुँदै नयाँ इतिहाँस बनाउन सफल भएको छ ।

बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको हो । कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरेका हुन् ।

त्यस्तै अर्को खेलमा मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाउन सफल भयो भने ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाको विश्वकप यात्रा टुंगीएको छ ।

तपाईको प्रतिक्रिया